
May 01 2025 | २०८२, वैशाख १८ गते
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्यमा भारी गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य बुधबारको तुलनामा तोलामा ४ हजार ६ सय रुपैयाँले घटेर १ लाख ८३ हजार ५ सयमा कारोबार भइरहेको छ ।
यसअघि बुधबार सुन तोलाको १ लाख ८८ हजार १ सयमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको भाउ पनि घटेको छ । तोलामा ५० रुपैयाँले घटेर चाँदी १ हजार ९ सय १५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij