Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

घुस लिएको अभियोगमा नेपाल प्रहरीका सईविरुद्ध भ्रष्टाचार मुद्दा

घुस लिएको अभियोगमा नेपाल प्रहरीका सईविरुद्ध भ्रष्टाचार मुद्दा

  • काठमाडौं । ३० हजार रुपैयाँ घुस लिएको अभियोगमा नेपाल प्रहरीका एक प्रहरी नायब निरीक्षकविरुद्ध विशेष अदालतमा मुद्दा दायर भएको छ ।

    images
    images
    images

    अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रुपन्देहीको दुगौलिया प्रहरी चौकीमा कार्यरत प्रहरी नायब निरीक्षक खिमबहादुर खड्काविरुद्ध विशेषमा मुद्दा दायर गरेको हो ।

    images

    आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुुसार खड्काले भारतबाट भन्सार छली अवैध रूपमा घरायसी प्रयोजनका लागि सामान ल्याउन दिने भन्दै सेवाग्राहीबाट ३० हजार रुपैयाँ घुस लिएको प्रमाणित भएपछि विशेषमा मुद्दा दायर गरिएको हो ।

    खड्कालाई घुस मागेको सूचना र उजुरी निवेदन परेपछि अख्तियारको बुटवल कार्यालयबाट खटिएको टोलीले सेवाग्राहीबाट लिएको ३० हजार रुपैयाँ रकम सहित नियन्त्रणमा लिएको थियो ।

    खड्काले घुस लिएको ३० हजार रुपैयाँ बिगो रकम कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा ९१० को देहाय (क) बमोजिम कैद गरी सोही ऐनको दफा ३ को उपदफा ९१० अनुसार बिगो बमोजिम जरिवाना सजाय हुन मागदाबी गर्दै मुद्दा दायर भएको प्रवक्ता पौडेलले जानकारी दिए ।

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij