Logo

Apr 29 2025 | २०८२, वैशाख १६ गते

Apr 29 2025 | २०८२, वैशाख १६ गते

६ जना डिआइजीलाई एआइजीमा बढुवा, तीन जना आइजीपीको लाइनमा

६ जना डिआइजीलाई एआइजीमा बढुवा, तीन जना आइजीपीको लाइनमा

  • काठमाडौं । सरकारले नेपाल प्रहरीका ६ जना प्रहरी नायब महानिरीक्षिक (डीआईजी) हरू प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा गरेको छ । गृह मन्त्रालयको सिफारिस अनुसार सोमबार बसेको मन्त्रिपरिषद् बैठकले छ डिआईजीको बढुवा गरेको हो ।

    images
    images
    images

    डिआइजीहरू चन्द्रकुबेर खापुङ, लालमणी आचार्य, कृष्णहरि शर्मा पोखरेल, दान बहादुर कार्की, राजन अधिकारी र डा.मनोज केसीलाई एआइजीमा बढुवा गरिएको हो । गृहमन्त्रालय अन्तर्गतको बढुवा समितिको ४ वैशाखको बैठकले बढुवाका लागि बढुवा गर्न सिफारिस गरिएको थियो ।

    विद्यमान कानुनी व्यवस्थाअनुसार ३० वर्षे सेवा अवधि कायम रहेमा आउने भदौ १९मा वर्तमान आईजी दीपक थापाको अवकाश हुन्छ ।

    नयाँ कानुन नआएमा उनकै व्याच तर २ महिना ढिलो नियुक्तिपत्र पाएका चन्द्रकुवेर खापुङ वा कृष्णहरि शर्मा पोखरेलमध्ये एकजना ३२ औ आईजीपी बन्ने बाटो खुल्छ । जो हुन्छ, उनले कात्तिक २६ सम्म उक्त पद सम्हाल्ने छन् । त्यसपछि कार्की, अधिकारी र केसीमध्य एकजना ३३ औ आइजीपी नियुक्त हुनेछन् ।

    आउँदो जेठमा भने अहिले बढुवा भएका एआइजी लालमणी आचार्यको अनिवार्य अवकाश हुने भएकाले एक एआइजी खाली हुनेछ । सो पदमा अहिले बढुवामा छुटको डिआइजीलाई बढुवा गर्न बाटो खुल्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij