
Apr 29 2025 | २०८२, वैशाख १६ गते
काठमाडौँ । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।
हिजो सोमबारको तुलनामा छापावाल सुनको मूल्य तोलामा ५०० रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आज मंगलबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि सोमबार छापावाल सुन तोलामा १ लाख ८८ हजार ३०० रुपैयाँ कायम भएको थियो ।
यस्तै, मंगलबार चाँदीको मूल्य भने स्थिर रहेको छ । हिजो सोमबार तोलामा १ हजार ९७० रुपैयाँ कायम भएको चाँदीमा आजपनि त्यहि मूल्य कायम भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij