Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित

  • काठमाडौं ।  प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित भएको छ । अर्को बैठक मंगलबार बिहान ११ बजे बस्ने सभामुख देवराज घिमिरेले बताए । सोमबारको बैठकमा आकस्मिक, शून्य समयमा नेताहरूले धारणा राखे ।

    images
    images
    images

    त्यस्तै बैठकमा आज ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको वार्षिक प्रतिवेदनवार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९/८० र २०८०/८१’ पेस गरिएको छ । 

    संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण, २०८१’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गरे ।उनको त्यो प्रस्तावमा सैद्धान्तिक छलफल भयो । छलफलमा सांसदहरूले उठाएका प्रश्नको मन्त्री पाण्डेले जवाफ दिएपछि स्वीकृत भएको छ । त्यसपछि त्यो विधेयकमाथि ७२ घण्टाभित्र संशोधन प्रस्ताव मागिएको छ ।

    कार्यसूचीको चौँथो नम्बरमा रहेका दुई विषय हटाएर सभामुख घिमिरेले बैठक भोलीसम्मका लागि स्थगित गरे । चौथो कार्यसूचीमा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयकमाथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्ने र पारित गरियोस् भन्ने प्रस्ताव पेस गर्ने कार्यसूची थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij