
Apr 27 2025 | २०८२, वैशाख १४ गते
बजारमा भित्रिएको तिते करेलामा बढी मात्रामा विषादी
काठमाडौं । काठमाडौंको कालीमाटी तरकारी बजारमा भित्रिएको तिते करेलामा बढी मात्रामा विषादी भेटिएको छ ।
चितवनबाट आइतबार ल्याइएको तिते करेलामा ७५ प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादी भेटिएको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ ।
केन्द्रीय कृषि प्रयोगशालाले आइतबार कालीमाटी तरकारी बजारका १७ पसलको १७ थरी तरकारी तथा फलफूल परीक्षण गरेको थियो ।
परीक्षण क्रममा तिते करेलामा उच्च् मात्रामा विषादी भेटिएको हो । विषादीको मात्रा धेरै भेटिएको उक्त तिते करेला उपभोग अयोग्य रहेको जनाइएको छ ।
सरकारले रोकावट प्रतिशतको दर ३५ भन्दा कम हुँदा उपभोग योग्य मानेको छ । ३५ देखि ४५ प्रतिशत पाइए केही दिन राखेर मात्रै उपभोग गर्न सकिने मापदण्ड बनाएको छ । यस्तै ४५ प्रतिशतभन्दा बढी भयो भने त्यस्ता तरकारी उपभोगका लागि अयोग्य मानिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij