Logo

Apr 27 2025 | २०८२, वैशाख १४ गते

Apr 27 2025 | २०८२, वैशाख १४ गते

मुस्ताङ

मुस्ताङमा खानेपानीका मुहान सुक्दै

मुस्ताङमा खानेपानीका मुहान सुक्दै

मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै

  • काठमाडौं । पछिल्लो समय हिमाली जिल्ला मुस्ताङमा जलवायु सङ्कटका कारण खानेपानीका मुहान सुक्दै जान थालेका छन् । कृषि र पशुपालन व्यवसायमा समेत जलवायु सङ्कटले विभिन्न प्रकारका समस्या र चुनौतीहरू किसानले झेल्नुपर्ने बाध्यता आइपरेको छ । 

    images
    images
    images

    जलवायु परिवर्तनको असरसँगै हिमाली क्षेत्रको तापमान बर्सेनि वृद्धि भइरहँदा यहाँको खानेपानी, कृषि र पशुपालन लगायतका क्षेत्रमा यस प्रकारको नकारात्मक प्रभाव देखिन थालेको स्थानीय वासी बताउँछन् ।

    घरपझोङ र वारागुङ मुक्तिक्षेत्र गाउँपालिकामा आयोजित आगामी पञ्चवर्षीय ऊर्जा सम्भावना सम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रममा मुस्ताङको जोमसोमका स्थानीय वासीले जलवायु परिवर्तनको प्रभावका कारण खानेपानी, कृषि प्रणाली र पशुपालन क्षेत्रमा प्रतिकूल असर पुगेको बताएका छन् ।

    जोमसोम बजारका लागि खानेपानी आपूर्तिका लागि तीनवटा हिमस्रोत रहेको भए पनि जलवायु सङ्कटका कारण मौसमी तापक्रमको असरले उल्लिखित खानेपानीको स्रोत घट्दै गइरहेको अध्यक्ष शेरचनले बताए । 

    “व्यावसायिक क्षेत्र भएकाले खानेपानीको माग बढी छ”, उनले भने, “पानीको स्रोत घट्दो छ, यसैले अन्य ऊर्जा सम्भावना खोजेर दीर्घकालीन समस्या खोज्नुपर्ने आवश्यकता छ ।”

    हिमाली क्षेत्रको मुख्य फलफूल बाली स्याउलगायत अन्य रैथाने बालीको व्यवस्थापन र मलजल गर्ने बेलामा हिउँ पर्न छाडेको र स्याउको फूल फुल्ने बेलामा निरन्तर वर्षा हुँदा यहाँ स्याउ लगायतका अन्नबालीमा क्षति पुग्ने गरेको घरपझोङ(४ का किसान राजेन्द्र शेरचनले बताए । 

    अनुकूल मौसममा हिउँ नपर्नु र बेमौसममा हिउँ पर्दा फलफूल बगैँचामा फुल्दै गरेका फूलहरू झर्ने तथा तापमान वृद्धिले स्याउलगायतका अन्नबालीमा विभिन्न रोगकिराको सङ्क्रमण देखापर्दा स्याउलगायतका अन्नबालीको उत्पादन र गुणस्तर खस्किन थालेको घरपझोङका किसान शेरचनले उल्लेख गरे । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij