
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अबको १४ महिनापछि आफूले पदबाट राजीनामा दिने बताएका छन् ।
शुक्रबार संसद भवनमा सञ्चारकर्मीसंग संक्षिप्त प्रतिक्रिया दिँदै प्रधानमन्त्री ओलीले अबको १४ महिनापछि आफूले राजीनामा दिने बताएका हुन् । आफूले राजीनामा दिएपछि कांग्रेस सभापति शेर बहादुर देउवा प्रधानमन्त्री हुने उनले बताए ।
संसद भवनमा सञ्चारकर्मीले बजेट यही सरकारले ल्याउँछ नी भन्दै प्रधानमन्त्रीलाई प्रश्न गरेको उनको यस्तो जवाफ आएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij