Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

मेयर दिनेश अधिकारी

मेयरविरूद्ध नाबालिगलाई जबरजस्ती करणीको जाहेरी

मेयरविरूद्ध नाबालिगलाई जबरजस्ती करणीको जाहेरी

  • काठमाडौं । दुधौली नगरपालिकाका मेयर दिनेश अधिकारी दनुवारविरूद्ध जबरजस्ती करणीको जाहेरी परेको छ ।

    images
    images
    images

    उनीविरूद्ध जबरजस्ती करणीको जाहेरी परेको र अनुसन्धान अघि बढेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी गोविन्दराज पोखरेलले जानकारी दिए । ‘पीडितले जाहेरी दिएपछि हामीले अनुसन्धान अघि बढाएका छौँ,’ उनले भने ।

    १७ वर्षीया बालिकाले आफूलाई मेयर अधिकारीले जबरजस्ती करणी गरेको भन्दै बिहीबार जाहेरी दिएकी थिइन् । सिन्धुली जिल्ला अदालतका अनुसार हालसम्म अधिकारीको नाममा पक्राउ अनुमति भने जारी भएको छैन ।

    दनुवार माओवादी केन्द्रबाट मेयरमा निर्वाचित भएका थिए । एमालेका लक्ष्मण कार्कीलाई पराजित गर्दै उनी २०७९ मा मेयरमा निर्वाचित भएका थिए ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij