
Apr 25 2025 | २०८२, वैशाख १२ गते
चितवनमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु
काठमाडौं । चितवनमा जीपको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा भरतपुर महानगरपालिका–६ की ५२ वर्षीया लक्ष्मी वाग्ले रहेकी छन् ।
शुक्रबार गीतानगरबाट भरतपुरतर्फ जाँदे गरेको ना५च २६४४ नम्बरको जीपले ना४५प १७९५ नम्बरको स्कुटरलाई ठक्कर दिएको थियो ।
जीपको ठक्करबाट घाइते वाग्लेको उपचारका क्रममा भरतपुर अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij