
Apr 25 2025 | २०८२, वैशाख १२ गते
काठमाडौं । कश्मिरको पहलगाम घटनामा भएको आतंककारी हमलाको संसदमा निन्दा भएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सांसद गोकर्ण विष्टले घटनाप्रति खेद व्यक्त गरेका हुन् ।
संसदमा बोल्दै उनले भने,’नेपाली नागरिक सुदीप न्यौपाने सहित २६ जनाको ज्यान जानेगरी भएको आतंककारी हमलाप्रति खेद व्यक्त गर्न चाहान्छु । ‘
घटनामा ज्यान गुमाएकाप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेका छन् । गत मंगलबार पहलगाममा आतंककारी समुहले २६ जनाको गोली प्रहार गरी हत्या गरेको थियो । उनीहरूले धर्म सोध्दै गोली प्रहार गरेको विवरण सार्वजनिक भइरहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij