Logo

Apr 25 2025 | २०८२, वैशाख १२ गते

Apr 25 2025 | २०८२, वैशाख १२ गते

खाँडाचक्र गाउँपालिकामा लगाइएको ताला खुल्यो

खाँडाचक्र गाउँपालिकामा लगाइएको ताला खुल्यो

  • काठमाडौं । कालिकोटको खाँडाचक्र नगरपालिका कर्मचारी र उपभोक्ता समितिले लगाएको ताला खुलेको छ । करार सेवामा कार्यरत कर्मचारीहरूले तलब नपाएको भन्दै र उपभोक्ता समितिले योजनाको भुक्तानी नपाएको भन्दै तालाबन्दी गरेका थिए । 

    images
    images
    images

    नगरपालिका र कर्मचारीबीच पाँच दिनभित्र तलब उपलब्ध गराउने सहमतिपछि ताला खोलिएको हो । ताला लगिएपछि प्रमुख प्रशासकीय अधिकृत, नगरप्रमुख कमलबहादुर शाही र कर्मचारी प्रतिनिधिबीच भएको छलफलमा आर्थिक प्रक्रियागत ढिलाई स्वीकार्दै करार कर्मचारीसहित उपभोक्ताको भुक्तानी पनि पाँच दिनभित्र उपलब्ध गराउने लिखित सहमति गरेपछि ताला खुलेको छ ।

    कर्मचारीहरूको जायज मागप्रति नगरपालिका गम्भीर रहेको नगर प्रमुख कमलबहादुर शाहीले बताए ।

     ‘आवश्यक आर्थिक व्यवस्थापन गरेर तलब र योजनाको भुक्तानी उपलब्ध गराउनेछौँ,’ उनले भने, ‘सहमति अनुसार नै ताला खुलेको छ ।’

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij