Logo

Apr 28 2025 | २०८२, वैशाख १५ गते

Apr 28 2025 | २०८२, वैशाख १५ गते

विद्युत व्यवस्थापनकाे समस्या छिट्टै समाधान हुने: प्राधिकरण

विद्युत व्यवस्थापनकाे समस्या छिट्टै समाधान हुने: प्राधिकरण

  • काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले अहिले विद्युत व्यवस्थापन गर्न कठिन भएको र छिटै सुधार हुने बताएको छ । प्राधिकरणले सूचना निकालेर गर्मीयाम शुरू भएसँगै भारतमा अत्यधिक बढेको विद्युत मागको कारण नेपालले चाहेजति विद्युत किन्न नपाएको जनाएको छ ।

    images
    images
    images

    नेपालको नदीनालामा बहाव छिट्टै बढ्ने एवम् भारतबाट पनि विद्युत आपूर्ति बढ्ने अवस्था रहेकोले अहिले देखिएको समस्या छिट्टै समाधान हुने प्राधिकरणको विश्वास छ ।

    प्राधिकरणका अनुसार सुक्खा मौसममा नदीनालाको बहाव कम भएकोले जलाशय र सौर्य उर्जासहित आन्तरिक उत्पादन औसत १ हजार १७५ मेगावाट रहेको छ ।

    अहिलेको उच्च माग (पिक लोड) २ हजार ७७ मेगावाट र अहिले अधिकतम उत्पादन १ हजार ५९३ मेगावाट रहेको छ ।

    नपुग बिजुली भारतबाट आयात गरेर आपूर्ति गर्ने गरिएको छ । तर गर्मीयाम शुरू भएसँगै भारतमा अत्यधिक बढेको विद्युत मागको कारण नेपालले चाहेजति विद्युत किन्न नपाएको प्राधिकरणले जनाएको छ । भारतमा आईपीएल खेल भइरहेकाले पनि माग बढेको प्राधिकरणको भनाइ छ ।

    अहिले विद्युत व्यवस्थापनमा केही कठिनाइ देखिएको र औद्योगिक क्षेत्रमा केही समय आंशिक लोडसेडिङ भइरहे पनि माग र आपूर्तिको व्यवस्थापनमा अधिकतम प्रयास भइरहेको प्राधिकरणको भनाइ छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij