
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । नेपाल प्रहरीले सम्पर्कविहीन करिब डेढ दर्जन कर्मचारीलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
प्रहरी प्रधान कार्यालयले सार्वजनिक सूचना निकालेर बिदा स्वीकृत नगराई गैरहाजिर रहेका विभिन्न दर्जाका १६ कर्मचारीलाई तत्काल सम्पर्कमा आउन निर्देशन दिएको हो ।
विभिन्न मितिमा काम छोडेका उनीहरू पटक-पटक सूचना टाँस गर्दासमेत सम्पर्कमा नआएपछि प्रहरी मुख्यालयले आज पुनः सूचना जारी गर्दै चित्तबुझ्दो स्पष्टीकरणसहित आगामी सात दिनभित्र हाजिर हुन भनेको छ ।
स्पष्टीकरण सोधिनेमा प्रहरी सहायक हवल्दार श्यामबहादुर कुमालसहित जवानहरू तेजबिर खत्री, मनोज बस्नेत, अनिल बानिया, हेमन्त सिंह महरा, नारद विष्ट, यलम्बर राई, गंगाराज लावती, कृष्ण साह कानु, विपना तामाङ, धिरेन्द्र बोहरा, मनिशा बन्जारा, अजय क्षेत्री, निमबहादुर शाही, इश्वर पार्की र कार्यालय सहयोगी नरेन्द्र मेवाहाङ छन् ।
तोकिएको समयमा सन्तोषजनक स्पष्टीकरणसहित उपस्थित नभएमा प्रहरी नियमावली, २०७१ को नियम ११३ को उपनियम (१) खण्ड (च) को कसुरमा सोही नियमावलीको नियम १०९ को देहाय (ख) (१) बमोजिम सेवाबाट हटाउने चेतावनी दिइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij