Logo

Apr 23 2025 | २०८२, वैशाख १० गते

Apr 23 2025 | २०८२, वैशाख १० गते

९ महिनामा ३१ अर्बको तरकारी आयात

९ महिनामा ३१ अर्बको तरकारी आयात

  • काठमाडौं । नेपालमा चालु आर्थिक वर्षको ९ महिनामा ३१ अर्ब बराबरको तरकारी आयात भएको छ । साउनदेखि चैतसम्मको अवधिमा ३१ अर्ब ५२ करोड ९ लाख ४ हजार रुपैयाँको तरकारी आयात भएको भन्सार विभागले जनाएको छ ।

    images
    images
    images

    सो समयावधिमा ४ करोड ८२ लाख १६ हजार रुपैयाँको तरकारी निर्यात पनि भएको छ । तरकारीमा नेपालले ३१ अर्ब ११ करोड २६ लाख ८८ हजार रुपैयाँकै व्यापार घाटा बेहोरेको विभागको तथ्यांक छ ।

    सो अवधिमा सरकारले तरकारी आयात गर्दा ६ अर्ब ३ करोड ९२ लाख ४९ हजार रुपैयाँ राजस्व संकलन गरेको छ । नेपालमा भारत, चीन, अमेरिका लगायत विभिन्न मुलुकबाट आलु, ब्याज, फलफूल तथा हरियो तरकारीहरू आयात हुँदै आएको छ ।

    उपत्यका छेउछाउका जिल्ला, भारत, चीन, भुटान लगायत विभिन्न स्थानबाट काठमाडौँ उपत्यकामा तरकारी आपूर्ति हुन्छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले भारतबाट ३९.२० प्रतिशत, भुटानबाट ०.०२ प्रतिशत, चीनबाट ०.१२ प्रतिशत र अन्य क्षेत्रबाट १.४२ प्रतिशत तरकारी तथा फलफूल आपूर्ति भएको जनाएको छ । बाँकी नेपालका विभिन्न जिल्लाबाट तरकारी तथा फलफूल आपूर्ति हुने गरेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij