Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

आफ्नै बाबुबाट छोरी असुरक्षित !

आफ्नै बाबुबाट छोरी असुरक्षित !

  • काठमाडौं । आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा मकवानपुरबाट एक जना पक्राउ परेका छन् । थाहा नगरपालिका–१, कुन्छालका पुरुषलाई आफ्नै छोरीलाई जबरजस्ती करणी गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो । 

    images
    images
    images

    आइतबार इलाका प्रहरी कार्यालय पालुङले उनलाई पक्राउ गरेको हो । उनले आफ्नै १३ वर्षीया छोरीमाथि गत २८ चैतमा घरदेखि अन्दाजी ३/४ किलोमिटर पश्चिमतर्फ रहेको जङ्गलमा लगी जबरजस्ती करणी गरेको प्रहरीको भनाइ छ ।

    छोरीलाई पटक पटक जबरजस्ती करणी गरेको भनी पीडित किशोरी, उनका आफन्त, वडाका जनप्रतिनिधि समेत भएर प्रहरीमा उजुरी दिइएको थियो । सोही उजुरीका आधारमा प्रहरीले बाबुलाई पक्राउ गरेको इलाका प्रहरी कार्यालय पालुङका प्रहरी निरीक्षक सविन बाबु अर्यालले बताए । 

    पीडित किशोरीको अवस्था सामान्य रहेको र उनलाई सेफ हाउसमा राखिएको छ । यस्तै घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij