
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । नेपाली बजारमा सुनले उच्च मूल्यको रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ९१ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च हो ।
सुन आइतबार तोलामा १ लाख ८९ हजार ८०० रुपैयाँमा भएको थियो भने आज तोलामा २ हजार २ सय रुपैयाँले बढेको हो ।
यसअघि गत बिहीबार सुनको मूल्य तोलाको १ लाख ९० हजार ६ सय रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड कायम गरेको थियो ।
यस्तै, आज चाँदीको मूल्य भने स्थिर छ । चाँदी तोलाको १ हजार ९६० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij