
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा थाइल्यान्ड जाँदैछन् । परिवारसहित आज राति देउवा थाइल्याण्डको राजधानी बैंक प्रस्थान गर्ने कांग्रेसका मुख्यसचिव कृष्ण पौडेलले बताए ।
देउवासँग परराष्ट्रमन्त्री आरजु राणा र छोराबुहारी पनि साथ रहनेछन् । स्वास्थ्य उपचारको लागि सभापति देउवा थाइल्याण्ड जान लागेको उनले बताए ।
उनले भने, ‘उहाँ स्वास्थ्य उपचारको लागि थाइल्याण्ड जान लाग्नुभएको हो । यो उहाँहरूको पारिवारिक हो । यो यहाँ कुनै राजनीतिक कार्यक्रम हुँदैन ।’
सत्ता गठबन्धनभित्र असन्तुष्टि बढिरहेको बेलामा देउवा र उनकी पत्नी आरजु थाइल्यान्ड जानुलाई राजनीतिक वृत्तमा अर्थपूर्ण रूपमा हेरिएको छ । एमालेसँगको सहकार्यको ९ महिनामै कांग्रेसभित्र केपी ओली सरकारप्रति असन्तुष्टि बढ्दैछ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij