
Apr 19 2025 | २०८२, वैशाख ६ गते
१७ दिनदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन् ।
काठमाडौं । शिक्षकहरूले १७ दिनदेखि काठमाडौंकेन्द्रित सडक आन्दोलनलाई जारी राखेका छन् ।
नेपाल शिक्षक महासङ्घको नेतृत्वमा जारी आन्दोलन पछिल्ला दिनमा थप आक्रामक हुँदै गइरहेको छ । जसको प्रभाव उपत्यकासहित देशभरका सामूदायिक विद्यालयमा परेको छ ।
नयाँ शैक्षिक सत्रको सुरु भएपनि भर्ना कार्यक्रम सुरु हुन सकेको छैन । दिउँसो समयमा काठमाडौं उपत्यकाको सवारी आवागमनमा समस्या भइरहेको छ ।
१७ दिनदेखि शिक्षकहरूको राजधानीकेन्द्रित सडक आन्दोलन शुक्रबार पनि जारी राखेका छन् । शिक्षकहरुले माइतीघरबाट प्रदर्शनसहित बानेश्वर पुगेर धर्ना दिएका छन् ।
गत मङ्गलबार बसेको मन्त्रिपरिषद्को बैठकलमाग सम्बोधन गर्न वैशाख १२ गतेलाई संसद बैठक आव्हान गरेपनि शिक्षकहरूले आन्दोलनलाई थप चर्काएका हुन् ।
मन्त्रिपरिषद् बैठकले विद्यालय शिक्षा विधेयक छिटो पारित गर्ने समेतका प्रयोजनका लागि सङ्घीय संसद्को अधिवेशन वैशाख १२ गते बोलाउन सिफारिस गर्ने निर्णय गरेको थियो । शिक्षकहरूले विद्यालय शिक्षा ऐन जारी नगरेसम्म आन्दोलन जारी रहने बताउँदै आएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij