Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ

  • काठमाडौं । ठगी मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन । हल्दिबारी गाउँपालिका–१ बस्ने ६१ वर्षीय नरबहादुर विकलाई  बेलुकी प्रहरीले पक्राउ गरेको छ ।

    images
    images
    images

    ठगी मुद्दामा जिल्ला अदालत झापाको २०५७ भदौ ४ गतेको फैसला उल्टी हुने ठहरी तत्कालीन पुनरावेदन अदालत इलामबाट २०५८ माघ २२ गतेको फैसला अनुसार १ वर्ष कैद र ५३ हजार ३ सय ३३ रूपैयाँ ३३ पैसा जरिवाना फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

    उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत झापामा पेश गरिएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij