Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

बालकुमारी क्षेत्रको कवाडी संकलन केन्द्रमा महानगरले चलायो डोजर

बालकुमारी क्षेत्रको कवाडी संकलन केन्द्रमा महानगरले चलायो डोजर

  • काठमाडौं । काठमाडौं महानगरपालिकाले काठमाडौंमा कवाड संकलन केन्द्रमा डोजर चलाएको छ । महानगरपालिकाको नगर प्रहरी बलले च्यासल पुलदेखि बालकुमारी पुल क्षेत्रसम्मको कवाडी संकलन केन्द्र डोजर चलाएर हटाएको हो ।

    images
    images
    images

    आवास क्षेत्रमा रहेका कवाडी संकलन केन्द्र हटाइएको महानगरले जनाएको छ । पटक-पटक हटाउनका लागि सूचना दिँदा पनि अटेर गरेपछि डोजर चलाइएको महानगरले बताएको छ ।

    कवाड संकलन केन्द्रहरु हटाउन महानगरले डोजरसहित दर्जनौं नगर प्रहरी परिचालन गरेको थियो । त्यसक्रममा कवाड संकलन केन्द्रका मजदुरहरुले प्रतिकार गर्दै ढुंगा प्रहार गर्दा डोजरको सिसासमेत फुटेको छ । ढुंगामुढा गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij