Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

भट्टराईको ‘वित्तीय स्वतन्त्रता’ पुस्तक विमोचन

भट्टराईको ‘वित्तीय स्वतन्त्रता’ पुस्तक विमोचन

  • काठमाडौं । सेयर बजार विश्लेषक रवीन्द्र भट्टराई लिखित ‘वित्तीय स्वतन्त्रता’ नामक पुस्तक विमोचन गरिएको छ । नेपाल आर्थिक पत्रकार समाज (सेजन)मा आयोजित एक कार्यक्रमबीच लेखक भट्टराई, सेजन अध्यक्ष सुजन ओली र सेजनका पूर्वअध्यक्ष गोकर्ण अवस्थीले संयुक्त रूपमा उक्त पुस्तक विमोचन गरेका हुन् ।

    images
    images
    images

    पुस्तकमा वित्तीय रूपमा स्वतन्त्र बन्ने उपाय र त्यसमार्फत थप प्रगति हासिल गर्न सकिने विषय समेटिएको लेखक भट्टराईले बताए ।

    छलफलका क्रममा लेखक भट्टराईले कम्पनीहरूलाई अंकित मूल्य १०० रुपैयाँभन्दा कममै प्राथमिक निष्कासन (आईपीओ) जारी गर्न दिनुपर्ने बताए । अंकित मूल्य घटाएर जारी हुने सेयर संख्या बढाउन सकिने उनको धारणा छ ।

    त्यस्तै, महँगा कम्पनीलाई बेलाबेलामा ‘स्टक स्प्लिट’ गरेर पहुँच बढाउन सकिने पनि उनको धारणा थियो । महँगा कम्पनीले थप सेयर जारी गरेर सोअनुसार मूल्य घटाउनु नै ‘स्टक स्प्लिट’ हो ।  

    सरकारी स्वामित्वको नेपाल स्टक एक्सचेन्जले पुँजी बजारमा विकसित प्रविधि तथा क्षमताको विस्तार गर्न नसकेकै कारण निजी क्षेत्रको स्टक एक्सचेन्ज जरुरत परेको पनि उनको धारणा छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij