
Apr 19 2025 | २०८२, वैशाख ६ गते
एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोप
काठमाडौं । मधेश प्रदेशका पूर्वप्रदेश प्रमुख राजेश अहिराजविरुद्ध जबर्जस्ती करणी मुद्दामा पक्राउ पुर्जी जारी भएको छ । एक महिलालाई यौन दुर्व्यवहार गरेको आरोपमा प्रहरीले उनीविरुद्ध अनुसन्धान अघि बढाएको हो ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपिलराज बोहोराका अनुसार प्राप्त जाहेरीका आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको छ । जाहेरवाला पक्षको दाबी पुष्टि हुने/नहुने कुरा अनुसन्धानपछि मात्रै भन्न सकिने उनले बताए ।
अहिराजविरुद्धको जाहेरीमा मधेशमूलकी एक नाबालिगलाई १७ वर्षको उमेरदेखि शारीरिक तथा मानसिक यातना दिँदै आएको आरोप लगाइएको छ ।
राष्ट्रिय महिला आयोगमा पुगेकी पीडित पछि केही महिला अधिकारकर्मीको साथमा प्रहरीमा पुगेकी थिइन् । उनले गत माघ १० गते जिल्ला प्रहरी परिसर, भद्रकालीस्थित महिला तथा बालबालिका सेवा केन्द्रमा जाहेरी दिएकी थिइन् । उक्त जाहेरीलाई फागुन ३ गते प्रहरी कार्यालयको दर्ता किताबमा अभिलेखित गरेको थियो ।
पक्राउ पुर्जी जारी भएको चार दिन भइसक्दा पनि अहिराज प्रहरी सम्पर्कमा नआएका प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij