
Apr 16 2025 | २०८२, वैशाख ३ गते
समाचार सङकलन गर्ने क्रममा
काठमाडौं । पर्सा प्रहरी कार्यलय नजिकमा भएको प्रदर्शनको समाचार सङकलन गर्ने क्रममा तीन जना पत्रकार घाइते भएका छन ।
हिन्दुवादीहरुले गरेको प्रदर्शनको समाचार सङकलन गरिरहेका पत्रकार एभी न्युज टिभीका अर्जुन गुप्ता, मध्य नेपाल सन्देशका अनिल ओेझा र चन्द्रसूर्य वाणीका धिरेन्द्र तिवारी घाइते भएका हुन् ।
गुप्ताको टाउको फुटेको छ भने ओझा र तिवारीको खुट्टामा गम्भीर चोट लागेको छ । जिल्ला प्रहरी कार्यालय पर्सा अगाडि धर्नामा बसेका हिन्दुवादीहरूलाई हटाउने क्रममा प्रहरीले लाठीचार्ज गर्दा पत्रकारहरु घाइते भएका छन् । घाइते तीन जना पत्रकारको नारायणी अस्पतालमा उपचार भइरहेको छ ।
प्रहरीले धार्मिक सद्भाव बिगार्ने कार्यमा संलग्न रहेको आरोपमा चार जनालाई पक्राउ गरेको थियोे । उनीहरूको बिना शर्त रिहाइको माग गर्दै प्रदर्शन भएपछी प्रहरीले हटाउने क्रममा लाठीचार्ज गरेको जनाएको छ ।
यता नेपाल पत्रकार महासंघ पर्साले समाचार सङकलन गर्ने क्रममा आक्रमण गरी पत्रकारहरुलाई घाइते बनाउने दोषीहरुलाई कारवाहीको माग गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij