
Apr 16 2025 | २०८२, वैशाख ३ गते
काठमाडौं । नेपाली बजारमा बुधबार सुनले उच्च मूल्यको रेकर्ड कायम गरेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य तोलाको १ लाख ८७ हजार रुपैयाँमा कारोबार भइरहेको छ । जुन अहिलेसम्मकै उच्च हो ।
मङ्गलबार सुन तोलाको १ लाख ८४ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो । आज सुन तोलामा २ हजार ७ सय रुपैयाँले बढेको हो ।
यसअघि आइतबार सुन तोलाको १ लाख ८६ हजार रुपैयाँमा कारोबार हुँदै उच्च मूल्यको रेकर्ड राखेको थियो ।
यस्तै, आज चाँदीको मूल्य पनि सामान्य बढेको छ । तोलामा १० रुपैयाँले बढेर चाँदी १ हजार ९ सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij