Logo

Apr 14 2025 | २०८२, वैशाख १ गते

Apr 14 2025 | २०८२, वैशाख १ गते

प्रचण्डको 'प्रेम वाणी'

प्रचण्डको 'प्रेम वाणी'

  • काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षमा नयाँ सरकार दिने उद्घोष गरेका छन् ।

    images
    images
    images

    विभिन्न कार्यक्रममा सहभागी हुन गृहजिल्ला चितवन पुगेका उनले नयाँ वर्षमा नयाँ सरकार दिने उद्घोष गरेका हुन् । देशमा नयाँ राजनीतिक घटनाक्रम विकास भइरहेको चर्चा गर्दै उनले चाँडै एमाले नेतृत्वको सरकार ढालेर कांग्रेसको नेतृत्वमा सरकार बनाउन लागेको सङ्केत समेत दिएका छन् ।

    ‘बदलिँदो परिस्थितिका कारण वर्तमान सरकार धेरै अगाडि जानसक्ने स्थिति नरहेको उनको टिप्पणी छ । वर्तमान सरकारप्रति जनआक्रोश बढेको र सरकारमा रहेका दलहरु पनि सन्तुष्ट नरहेको भन्दै उनले नयाँ वर्षको प्रारम्भसँगै मुलुकले नयाँ सरकार पनि पाउने दाबी गरेका हुन् ।

    यद्यपि, उनले आफ्नो पार्टी सरकारमा जानेबारे कुनै सोच नबनेको स्पष्ट गरेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij