
Apr 13 2025 | २०८१, चैत ३१ गते
नेपाली सेनाले माग्यो ४०१ जना कर्मचारी
काठमाडौं । नेपाली सेनाले सूचना प्रकाशन गर्दै कर्मचारी माग गरेको छ । सेनाले स्वास्थ्य, इन्जिनियरिङ, हवाइ, लेखा लगायत समूहमा ४०१ जना कमएचारी माग गरेको हो ।
सेनाले प्राविधिक सुवेदार, प्राविधिक जमदार, लेखा जमदार, पण्डित हुद्दा, प्राविधिक अमल्दार, सैनिक उपचारिका लगायतका पदमा कर्मचारी माग गरेको हो ।
आवेदन दस्तुर प्राविधिक सुवेदारको चार सय रूपैयाँ, प्राविधिक जमदार र लेखा जमदारको तीन सय रूपैयाँ र पण्डित हुद्दा, प्राविधिक अमल्दार र अमल्दार कर्मचारीको दुई सय रूपैयाँ तोकिएको छ।
योग्यता पुगेका इच्छुक नेपाली नागरिकले वैशाख २७ गतेसम्म र दोब्बर दस्तुर तिरेर जेठ ३ गतेसम्म आवेदन दिन सक्नेछन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij