
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य सूर्य थापालाई धम्की दिएको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा रुपन्देहीको सैनामैना नगरपालिका-११ का २९ वर्षीय प्रदीप पन्त रहेका छन् ।
उनले थापालाई मध्यरातमा धम्कीपूर्ण एसएमएस लेखेका थिए । थापाले समाजिक सञ्जाल फेसबुकमार्फत पन्तलाई पक्राउ गरी अनुसन्धान कार्य अघि बढाएकोमा नेपाल प्रहरीलाई धन्यवाद दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij