
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । साताको कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ९० अङ्कले बढेर २६८० दशमलव ५२ को विन्दुमा पुगेको छ ।
बुधबार ३१७ कम्पनीका ४५ हजार ०९४ पटकको कारोबारमा एक करोड ७ लाख ३ हजार ८२२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ४८ करोड ४६ लाख १९ हजार ७४० रुपैयाँ रहेको छ ।
१५४ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घटेको छ भने एक कम्पनीको मूल्य स्थिर रहेको छ । १३ वटै उपसमूहमा हरियाली छाउँदा आज एनआरएन इन्फ्रास्ट्रक्चरमा लगानीकर्ता झुम्मिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij