
Apr 17 2025 | २०८२, वैशाख ४ गते
काठमाडौं । मेयर बालेन्द्र शाहले तिनकुने घटनामा ज्यान गुमाएका सुबिन महर्जन र सुरेश रजकका परिवारलाई भेटेका छन् । किर्तिपुर र डल्लु पुगेर दुवै परिवारसँग समवेदना व्यक्त गरेका हुन् ।
चैत्र १५ गते भएको उक्त घटनामा दुई युवाको ज्यान गएकोप्रति दुःख व्यक्त गर्दै मेयर शाहले कुनै पनि व्यक्तिले ज्यान गुमाउनु सामान्य विषय नभएको बताए । उनले अपराध जुनसुकै पक्षबाट भएको भए पनि त्यसको निष्पक्ष छानबिन हुनुपर्ने र दोषी उपर कडा कानुनी कारबाही गर्नुपर्नेमा जोड दिए ।
“राज्यले उक्त घटनाको बारेमा निष्पक्ष छानबिन गर्नुपर्छ। सरकारबाट न्यायिक अनुसन्धान भएर दोषीलाई कारबाही नभएमा पीडित परिवारलाई कानुनी उपचारमा सघाउन महानगरपालिका तयार छ,” मेयर शाहले भने । उनले पीडित परिवारको पक्षमा कानुनी सहायता उपलब्ध गराउने तथा महानगरको तर्फबाट नियमानुसार आर्थिक सहयोगसमेत प्रदान गरिने जानकारी दिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij