Logo

Apr 07 2025 | २०८१, चैत २५ गते

Apr 07 2025 | २०८१, चैत २५ गते

राप्रपाको सभा बल्खुमा, भृकुटीमण्डपमा अनुमति दिइएन

राप्रपाको सभा बल्खुमा, भृकुटीमण्डपमा अनुमति दिइएन

  • काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को भोलि मङ्गलबारका लागि निर्धारित सभा बल्खुमा हुने भएको छ । जिल्ला सुरक्षा समिति काठमाडौंले सुरक्षा संवेदनशीलतको कारण देखाउँदै भृकुटीमण्डपमा अनुमति नदिएपछि राप्रपाले सभास्थल परिवर्तन गर्नुपरेको हो ।

    images
    images
    images

    जिल्ला प्रशासन कार्यालय काठमाडौंले सिफलर चौर वा बल्खुमा सभा आयोजना गर्न राप्रपालाई सुझाव दिएकोमा राप्रपाले बल्खु रोजेको हो ।

    राप्रपाले पहिले भृकुटीमण्डपमा सभा गर्ने योजना बनाएको थियो । तर, शिक्षकहरूको आन्दोलन, राष्ट्रिय जनमोर्चाको पूर्वर्निधारित कार्यक्रम रहेकाल सुरक्षा संवेदनशीलतालाई ध्यानमा राखेर प्रशासनले यस्तो निर्णय लिएको हो ।

    राप्रपाको भोलिको सभालाई अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरूले सम्बोधन गर्ने कार्यक्रम छ । राजसंस्था पुनर्स्थापनाको पक्षमा प्रदर्शन र सभा आयोजना गरिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij