
Apr 07 2025 | २०८१, चैत २५ गते
आक्रमणबाट सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्र सिंह ठगुन्ना घाइते
काठमाडौं । गएराति अनेरास्ववियु (क्रान्तिकारी)का एक नेतामाथि भक्तपुरमा आक्रमण भएको छ । आक्रमणबाट सानोठिमी क्याम्पसका नवनिर्वाचित स्ववियु अध्यक्ष नरेन्द्र सिंह ठगुन्ना घाइते भएका छन् ।
माओवादी केन्द्रका युवा नेता रमेश मल्लले विद्यार्थी नेता ठगुन्नामाथि गएराति सांघातिक आक्रमण भएको भन्दै घटनाको निन्दा गरेका छन् । तर, उनले आक्रमणको काराण र आक्रमणकारीको पहिचान भने खुलाएका छैनन् ।
‘घाइते नरेन्द्र सिंह ठगुन्नाको शिघ्र स्वास्थ्यलाभको कामना गर्दै आक्रमणकारीलाई सख्त कारबाहीको माग गर्दछु,’ मल्लले सामाजिक सञ्जालमा लेखेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij