
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । राजावादी समर्थकलाई तीनकुनेबाट अन्यत्र प्रवेशमा रोक लगाइएको छ ।
समाजवादी मोर्चाले साथ रुटबाट जुलुस निकाल्ने भएपछि राजावादी समर्थकलाई तीनकुनेमा मात्र सीमित गरिएको हो । प्रहरीका अनुसार तीनकुनेबाट बानेश्वरतिर जुलुस आउन लागेपछि रोक लगाउन आदेश दिइएको छ ।
अहिले तीनकुने भेला भएको राजावादी समर्थकहरू नयाँ बानेश्वरतर्फ प्रवेश गर्न खोज्दा प्रहरीले रोकेपछि सामान्य धकेलाधकेल भएको छ । ‘चाबहिल, गौशाला–एयरपोर्ट–सिनामंगल हुँदै तीनकुने पुग्ने रुटमा राजवादीले अनुमति पाउनुभएको छ ।
नेपाल प्रहरीका एक अधिकारीले खबरहबलाई भने, ‘उहाँहरू अन्यत्र पनि प्रवेश गर्न रोजे अनुमति दिने आदेश छैन ।यता चाबहिलबाट राजतन्त्र पुनस्थापना अभियानका संयोजक नवराज सुवेदीसहितका नेताहरू अगाडि बढेका छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij