Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

पुरुष प्रधानमन्त्री कप तीन ठाउँमा हुने

पुरुष प्रधानमन्त्री कप तीन ठाउँमा हुने

  • काठमाडौं । पुरुष प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताका लागि तीनवटा ठाउँ निर्धारण गरिएको छ । प्रतियोगिता काठमाडौं उपत्यका बाहिर हुने भएको छ । 

    images
    images
    images

    यस पटकको प्रधानमन्त्री कप भैरहवाको सिद्धार्थ रंगशाला, बुटबलको एक्ट्राटेक ओभल अन्तर्राष्ट्रिय रंगशाला र दाङको देउखुरी क्रिकेट रंगशाला हुनेछ । 

    नेपाल क्रिकेट संघ(क्यान)ले बुधबार स्थानसहित तालिका सार्वजनिक गरेको हो । सिद्धार्थ क्रिकेट रंगशालामा फाइनलसहित १७ खेल, एक्ट्राटेक ओभलमा १५ वटा र देउखुरीमा १४ वटा खेल सञ्चालन हुनेछ । 

    यस प्रतियोगितामा ३ विभागीय सहित ७ प्रदेश गरि कुल १० टिमले सहभागिता जनाउनेछन् । प्रतियोगिता सिंगल राउन्ड रोबिनमा हुनेछ । लिगका शीर्ष २ टोलीले फाइनल खेल्नेछन् । 

    प्रतियोगिता २५ फागुनदेखि १६ चैतसम्म हुनेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij