Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

स्मिथले एकदिवसीय क्रिकेटबाट लिए सन्यास

स्मिथले एकदिवसीय क्रिकेटबाट लिए सन्यास

  • काठमाडौं । सन् २०२५ को च्याम्पियन्स ट्रफीको सेमिफाइनलमा भारतसँग पराजित भएपछि अष्ट्रेलियाली टोलीका कप्तान स्टिभ स्मिथले एकदिवसीय क्रिकेटबाट सन्यास लिएका छन् ।

    images
    images
    images

    क्रिकेट अष्ट्रेलियाले बुधबार यो घोषणा गरेको हो ।

    मङ्गलबार भएको खेलमा अस्ट्रेलिया भारतसँग चार विकेटले पराजित भएको छ । प्याट कमिन्सको अनुपस्थितिमा स्मिथले टोलीको नेतृत्व गरेका थिए । उनले टेष्ट खेल्न भने जारी राख्नेछन् र लामो समयदेखि टी-२० अन्तर्राष्ट्रिय खेलहरूमा टोलीबाट बाहिर छन् ।

    ३५ वर्षीय स्मिथले भारतसँगको हारपछि आफ्ना सहकर्मीहरूलाई आफूले आफ्नो अन्तिम एकदिवसीय खेल खेलेको बताएका थिए ।

    स्मिथले भने, “यो एक अद्भुत यात्रा भएको छ र मैले यसको हरेक क्षणको आनन्द लिएको छु । धेरै राम्रा क्षणहरू र राम्रा सम्झनाहरू थिए । दुई विश्वकप जित्नु एउटा उत्कृष्ट उपलब्धि थियो र धेरै अद्भुत टोली साथीहरूसँग यात्रा साझा गर्नुथियो । अहिले मानिसहरूका लागि सन् २०२७ को विश्वकपको तयारी सुरु गर्ने ठूलो अवसर हो, त्यसैले यो सन्यास लिने सही समय जस्तो देखिन्छ ।”

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij