Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

  • काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सको ८० हजार कित्ता सेयर आज फागुन २० गतेबाट बिक्रीमा राखिएको छ। कम्पनीको संस्थापक समूहको सेयर लिलामी प्रक्रियामार्फत बिक्रीमा राखिएको हो । 

    images
    images
    images

    यो सेयरमा विद्यमान संस्थापक सेयरधनीका साथै अन्य व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन् । बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता २११ रुपैयाँ तोकिएको छ । यसको अर्थ लगानीकर्ताले शेयर खरिदका लागि बोलपत्र पेस गर्दा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । 

    बोलपत्र पेस गर्दा न्यूनतम ८० हजार कित्ता शेयर खरिदका लागि आवेदन दिनुपर्नेछ । बोलपत्र फागुन २८ गते बिहान ११ बजेभित्र पेस गरिसक्नुपर्नेछ। बोलपत्र काठमाडौंको कमलादीस्थित प्रभु क्यापिटलमा पेस गर्नुपर्नेछ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij