Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर बढेको छ ।
नेपाल राष्ट्र बैंकले आइतबार सार्वजनिक गरेको गत आर्थिक वर्षको वार्षिक तथ्यांकमा आधारित मुलुकको आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदन अनुसार सूचकहरु सकारात्मक बन्दै गएको देखिएको हो।राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१/८२ मा आर्थिक वृद्धिदर ४.६१ प्रतिशत रहेको छ ।
अघिल्लो वर्ष आर्थिक वृद्धिदर ३.६७ रहेको थियो । त्यस्तै, गत आवमा वार्षिक औसत मुद्रास्फीति ४.०६ प्रतिशत रहेको छ । अघिल्लो आवमा यस्तो मुद्रास्फीति ५.४४ प्रतिशत रहेको थियो।
त्यस्तै राष्ट्र बैंकका अनुसार गत आवमा शोधनान्तर स्थिति ५ खर्ब ९४ अर्ब ५४ करोड रुपैयाँले बचतमा रहेको छ । अघिल्लो वर्ष शोधनान्तर स्थिति ५ खर्ब २ र्ब ४९ करोडले बचतमा रहेको थियो ।
त्यस्तै, आयात १३.३ प्रतिशतले र निर्यात ८१.८ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष आयात १.२ प्रतिशतले र निर्यात ३ प्रतिशतले घटेको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij