
Apr 01 2025 | २०८१, चैत १९ गते
काठमाडौं । राष्ट्रपति डोनाल्ड ट्रम्पले आज मंगलबारदेखि मेक्सिको, क्यानडा र चीनबाट आयात हुने सामानमा भन्सार शुल्क लगाउने घोषणा गरेपछि अमेरिक सेयर बजारमा ठूलो गिरावट आएको छ ।
डाउ जोन्समा १.४ प्रतिशत, एसएन्डपी ५०० मा १.७५ प्रतिशत र नास्ड्याक २.६ प्रतिशत घटेको हो ।
पारस्परिक कर अप्रिल २ देखि लागू हुने भए पनि ट्रम्पले मंगलबारदेखि मेक्सिको र क्यानडाबाट आउने सामानमा २५ प्रतिशतसम्म थप भन्सार शुल्क लगाइने र चीनबाट आउने सामानमा थप १० प्रतिशतसम्म लगाइने बताएका छन् ।
यसैबीच चीन, क्यानडा र मेक्सिकोले पनि बदलामा अमेरिकी सामानमा कर लगाउने घोषणा गरेका छन् । क्यानडाका विदेशमन्त्री मेलानी जोलीले भनिन्, ‘स्पष्ट छ- ट्रम्पले शुल्क लगाए भने हामी पनि तयार छौँ ।’
उनले क्यानडा प्रवेश गर्ने १५५ अर्ब डलर बराबरका उत्पादनमा प्रतिशोधात्मक शुल्क लगाइने बताइन् । जुन तुरुन्तै ३० अर्ब डलर बराबरका सामानबाट सुरु हुनेछ ।
यी तीन देश अमेरिकाका शीर्ष व्यापारिक साझेदार हुन् र भन्सार शुल्कको मुद्दाका कारण व्यापार युद्ध सुरु हुने सम्भावना अझ बढेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij