Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

सेयर बजारमा एक घण्टामै चार अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा एक घण्टामै चार अर्ब ५३ करोडको कारोबार

  • काठमाडौं । सेयर बजारमा सुधार देखिन थालेसँगै लगानीकर्ताको आकर्षण उच्चले बढेको छ । सोमबार १२ बजेसम्म एक घण्टामा सेयर कारोबार रकम चार अर्ब ५३ करोड रूपैयाँ पुगेको हाे ।  

    images
    images
    images

    आइतबार कारोबार सुरू हुँदा नै नेप्से परिसूचक २९ सयबाट भएको थियो । आइतबार नेप्से २८९० हुँदा बजार बन्द भएको थियो।
    एक घण्टामा सेयर बजार परिसूचक पनि ११ अंकले बढेर २९०१ मा आइपुगेको छ ।

    आइतबार बजार पुँजीकरणको आधारमा ऐतिहासिक रेकर्ड नै बनेको थियो । याे भनेकाे आइतबार बजारमा रहेका सेयर कुल मूल्य हाे । यसलाई लगानीकर्ताकाे सम्पत्ति भनेर बुझिन्छ । 

    कुल बजार पुँजीकरण ४७ खर्ब ९९ अर्ब रूपैयाँ पुगेको थियो । आइतबार नेप्से र कारोबार रकम पनि ६ महिनाअघिको उच्च भएको थियो ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij