
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । सेयर बजारमा सुधार देखिन थालेसँगै लगानीकर्ताको आकर्षण उच्चले बढेको छ । सोमबार १२ बजेसम्म एक घण्टामा सेयर कारोबार रकम चार अर्ब ५३ करोड रूपैयाँ पुगेको हाे ।
आइतबार कारोबार सुरू हुँदा नै नेप्से परिसूचक २९ सयबाट भएको थियो । आइतबार नेप्से २८९० हुँदा बजार बन्द भएको थियो।
एक घण्टामा सेयर बजार परिसूचक पनि ११ अंकले बढेर २९०१ मा आइपुगेको छ ।
आइतबार बजार पुँजीकरणको आधारमा ऐतिहासिक रेकर्ड नै बनेको थियो । याे भनेकाे आइतबार बजारमा रहेका सेयर कुल मूल्य हाे । यसलाई लगानीकर्ताकाे सम्पत्ति भनेर बुझिन्छ ।
कुल बजार पुँजीकरण ४७ खर्ब ९९ अर्ब रूपैयाँ पुगेको थियो । आइतबार नेप्से र कारोबार रकम पनि ६ महिनाअघिको उच्च भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij