
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका विभिन्न संस्थापक सेयरधनीका नाममा रहेको १५ लाख ६३ हजार ४८५ कित्ता संस्थापक सेयर बिक्रीमा राखिएको छ ।
यो शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै खरिद आवेदन दिन पाउनेछन् । सेयर खरिदका लागि ३५ दिनभित्र निवेदन दिनुपर्ने कम्पनीले जनाएको छ । निवेदन काठमाडौंको नक्सालस्थित केन्द्रीय कार्यालयमा पेस गर्नुपर्नेछ ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई सेयर बिक्री खुला गरिने कम्पनीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij