
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाको संस्थापक समूहको १ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ । यो सेयर खरिदका लागि हाललाई संस्थाका विद्यमान संस्थापक सेयरधनीहरुले मात्रै निवेदन दिन सक्नेछन् ।
बिक्रीमा राखिएको सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४४५ रुपैयाँ तोकिएको छ। यसको अर्थ सेयर खरिदका लागि निवेदन दिँदा न्यूनतम मूल्य वा सोभन्दा बढी बोलकबोल गर्नुपर्नेछ । सेयर खरिदका लागि ३५ दिनभित्र काठमाडौंको मध्य बानेश्वरस्थित संस्थाको केन्द्रीय कार्यालयमा निवेदन दिन सकिनेछ ।
तोकिएको अवधिभित्र संस्थापक सेयरधनीहरुबाट सेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने संस्थाले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij