
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । सान्तोसबाट खेलिरहेका फुटबलर नेयमार फेरि घाइते भएका छन् । ब्रागान्टिनोविरुद्धको खेलमा निकै लयमा देखिएका नेयमार दोस्रो हाफको ७६औं मिनेटमा घाइते भएका हुन् ।
हिँड्नसमेत असहज महसुस गरेका नेयमार निकै अप्ठ्यारो गरी मैदान बाहिर निस्किएका थिए ।
उनको बायाँ खुट्टाको मांसपेसीमा चोट लागेको बताइएको छ । यसअघि उनले दायाँ खुट्टाको ह्यामस्ट्रिङ टेन्डनमा चोट व्यहोरेका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij