
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाण्डु । मंगलबार नेपाली बजारमा हासम्मकै महँगो बनेको सुनको भाउ बुधबार भने घटेको छ । आज सुन प्रतितोला १ हजार रुपैयाँले घटेको हो ।
हिजो मंगलबार १ लाख ७१ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज १ लाख ७० हजार ५ सय रुपैयाँमा कारोबार हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस्तै आज चाँदीको भाउ तोलामा ३० रपैयाँले घटेको छ । हिजो १ हजार ९ सय ७० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य आज केही घटेर १ हजार ९ सय ४० रुपैयाँ कायम भएको हो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij