
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । बजार मापन गर्ने सूचक ७.१३ अंकले बढेर परिसूचक २७६५.८८ बिन्दु कायम भएको छ ।
३१२ कम्पनीको १ करोड ७८ लाख ६५ हजार ७०३ कित्ता सेयर ९ अर्ब ९० करोड ९३ लाख ८६ हजार २२७ रुपैयाँको सेयर कारोबार भएको छ । कारोबारमा १०४ कम्पनीको सेयर मूल्य बढेको छ भने १३२ कम्पनीको घटेको छ । कारोबारमा बैंकिङ, होटल, जीवन बिमा, उत्पादन तथा प्रशोधन, अन्य समूहको उपसूचक घटेको छ भने विकास बैंक, वित्त कम्पनी, जलविद्युत, माइक्रोफाइनान्स, निर्जीबन बिमा, ट्रेडिङ समूहको उपसूचक घटेको छ ।
कारोबार रकमका आधारमा हिमालयन रि इन्स्योरेन्स अग्रस्थानमा छ । कम्पनीको १ अर्ब २ करोड ६२ लाख ७३ हजार ९०८ रुपैयाँको सेयर कारोबार भएको छ । दोस्रो र तेस्रोमा क्रमशः नेपाल रिइन्स्योरेन्स र जलविद्युत लगानी तथा विकास कम्पनी रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij