Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

एउटा हातमा राजनीति र अर्को हातमा उद्यम रोजगारीको झण्डा बोकौँः  मन्त्री ढुंगेल

एउटा हातमा राजनीति र अर्को हातमा उद्यम रोजगारीको झण्डा बोकौँः  मन्त्री ढुंगेल

  •  काठमाडौं । वाग्मती प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुङ्गेलले समाजवादसम्म पुग्न राजनीतिसँगै उद्यम रोजगारी पनि गर्नुपर्ने बताएका छन् । मदन भण्डारी फाउण्डेशन कालिका नगर कमिटीको विस्तारित बैठकलाई सम्बोधन गर्दै मन्त्री ढुङ्गेलले राजनीतिसँगै उद्यममा नजाने हो भने समाजवादको बाटोमा पुग्न नसकिने बताए । 

    onlinepatrika
    Arghakhachi

    युवा राजनीतिसँगै व्यवसायमा पनि अग्रसर हुनुपर्ने बताउँदै मन्त्री ढुङ्गेलले भने, “एउटा हातमा राजनीतिक झण्डा र अर्को हातमा उद्यम रोजगारीको झण्डा बोकेर अगाडि बढ्नुपर्छ ।” उद्यम गर्ने युवाहरुका लागि प्रदेश सरकारले अनुदान र सहुलियत ऋणको व्यवस्था गरेको बताउँदै मन्त्री ढुंगेलले भने “काम सानो ठूलो नभनी उत्पादनमा जोडिनुहोस् । प्रदेश सरकार सहयोग गर्न तयार छ ।”

    AGNI GROUP

    कम्युनिष्ट पार्टीले बहुदलीय प्रतिस्पर्धाबाट जनताको मन जितेर सत्तामा जाने नीति जबजले नै लिएको बताउँदै उनले प्रश्न गरे, “जबजको बाटोमा हिँड्ने तर त्यो बाटोमा हिँडेको छु भन्न किन डराउने  लोकतन्त्रमा यो विषयमा बोल्न पाइन्छ ।”

    सो अवसरमा १०१ सदस्यीय मदन भण्डारी फाउण्डेन कालिका नगर कमिटी र १०१ सदस्यीय मदन भण्डारी स्पोर्ट्स एकेडेमी नगर कमिटी घोषणा गरिएको थियो । मदन भण्डारी फाउण्डेशन नगर कमिटीको अध्यक्षमा केशव लामा रहेका छन् । समितिका उपाध्यक्षमा लक्ष्मण पौडेल, भोजराम थपलिया र ज्योति सुनार रहनुभएको छ भने सचिवमा सिपी अधिकारी, कोषाध्यक्षमा विमला लामा र सहसचिवमा होमनाथ मरहठ्ठा चयन भएका छन् । 

    यस्तै मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगर कमिटीका अध्यक्षमा पूर्ण महतो, उपाध्यक्षमा नगेन्द्र गिरी, लोकराज चालिसे, नवीन थापा, प्रेम थापा र कमल रिजाल, सचिवमा युवराज कामना गुरुङ, सहसचिवमा निमा दोर्जे तामाङ (अनिल), कोषाध्यक्षमा पल्लवी अधिकारी र सहकोषाध्यक्षमा रमेश सिङ्खडा रहेका छन् । 

    प्रदेश सभासदस्य विजय सुवेदी, फाउण्डेशन जिल्ला वरिष्ठ उपाध्यक्ष शम्भु सुवेदी, सचिव श्याम विष्ट, फाउण्डेशन १ नं क्षेत्रीय समिति सल्लाहकार यादव पाठक, फाउण्डेशनका जिल्ला सदस्य तथा कालिका वडा नं ३ का वडाध्यक्ष टीकाराज रिजाल, मदन भण्डारी स्पोर्ट्स एकेडेमी कालिका नगर कमिटी सचिव युवराज गुरुङलगायतले बोलेका थिए । 
     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट