Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट

ओम मेगाश्री फर्मास्युटिकल्सको आइपीओ बाँडफाँट

  • काठमाडौं । ओम मेगाश्री फर्मास्यूटिकल्स लिमिटेडले माघ २१ देखि फागनु ५ गतेसम्म बिक्री खुला गरेको पहिलो चरणको आईपीओ हिजो फागुन ११ गते बाँडफाँड गरेको छ ।
    बिक्री अवधिभर जम्मा ४८ हजार ३१२ जनाले रितपूर्वक आवेदन दिएकोमा सोमध्येबाट १८ हजार जनालाई १०–१० कित्ताका दरले आईपीओ बाँडफाँड गरिएको कम्पनीले जनाएको छ ।

    images
    images
    images

    ओम मेगाश्रीले नेपाल धितोपत्र बोर्डबाट कुल १८ लाख कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएको थियो । जसको १० प्रतिशत अर्थात १ लाख ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बिक्री खुला गरेको थियो । त्यस्तै ९० हजार कित्ता सामूहिक लगानी कोष र ५४ हजार कित्ता कम्पनीका कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको सबै सेयर अब दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।

    कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij