Logo

Apr 10 2025 | २०८१, चैत २८ गते

Apr 10 2025 | २०८१, चैत २८ गते

सिटिजन्स बैंकको १९९औं शाखा ललितपुरको हरिसिद्धीमा

सिटिजन्स बैंकको १९९औं शाखा ललितपुरको हरिसिद्धीमा

  • काठमाडौं । सिटिजन्स बैंकले शाखा विस्तार गर्ने क्रममा आफ्नो १९९औं शाखा ललितपुरको हरिसिद्धीमा सञ्चालनमा ल्याएको छ । यससँगै काठमाडौँ उपत्यकाभित्र यस बैंकको ४० वटा शाखाहरु र बागमती प्रदेशमा ५६ वटा शाखाहरु सञ्चालनमा रहेका छन् ।

    images
    images
    images

    हरिसिद्धीमा शुक्रबार आयोजित एक कार्यक्रमका बीच बैंक संचालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेले नयाँ शाखाको शुभारम्भ गरे ।

    कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष पाण्डेले भने,‘ग्राहकहरुलाई सर्वसुलभ र सुरक्षित बैंकिङ्ग सेवा पु¥याँउदै उनीहरुको विश्वास र समर्थन समेटेर हामी यहाँसम्म आइपुगेको र यस नयाँ शाखाबाट हरिसिद्धी वरपरका ग्राहकहरू माझ पहिलो रोजाइको बैंक बनेर सुरक्षित र गुणस्तरीय सेवा प्रदान गर्ने छौं ।’

    सो अवसरमा बैंक संचालक समितिका सदस्यहरु, प्रमुख कार्यकारी अधिकृत र उच्च व्यवस्थापनको पनि उपस्थिति थियो । उक्त शाखाको उद्घघाटन समारोहमा स्थानीय निकायका प्रतिनिधिहरू, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij