
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौं । साताको कारोबारको पहिलो दिन आज सेयर बजारमा दोहोरो अङ्कको वृद्धि भएको छ । आज नेप्से परिसूचक ११ दशमलव ६६ अङ्कले बढेर २७५५ दशमलव ४० को विन्दुमा पुगेको छ ।
आइतबार ३२८ कम्पनीका एक लाख ८ हजार ९१३ पटकको कारोबारमा २ करोड १२ लाख ६ हजार कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ११ अर्ब ५४ करोड ८३ लाख ३७ हजार ६१२ रुपैयाँ रहेको छ ।
९१ कम्पनीको सेयर मूल्य बढ्दा १४८ कम्पनीको घटेको छ भने ४ कम्पनीको मूल्य स्थिर रहेको छ । सेन्सेटिभ इन्डेक्स ० दशमलव ६६ अङ्कले बढेको छ भने फ्लोट इन्डेक्स ० दशमलव ५५ अङ्कले बढेको छ । त्यस्तै, सेन्सेटिभ फ्लोट इन्डेक्स ० दशमलव १२ अङ्कले बढेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij