Logo

Jun 18 2025 | २०८२, असार ४ गते

Jun 18 2025 | २०८२, असार ४ गते

भक्तपुर ट्राफिक प्रहरीले कारबाही प्रक्रिया तीब्र !

भक्तपुर ट्राफिक प्रहरीले कारबाही प्रक्रिया तीब्र !

  • काठमाडौं । अधिक गतिमा सवारी साधन चलाएर लापरबाहीका कारण दुर्घटना भएपछि भक्तपुर ट्राफिक प्रहरीले कारबाही प्रक्रिया तीब्र पारेको छ ।

    images
    images
    images

    साउनयता सडक दुर्घटनाको अवस्था हेर्ने हो भने, त्यो संख्या १ सय ६० पुगेको छ । सल्लाघारी–पुरानो थिमि, सानोठिमी–मनोहरा सडक खण्डमा मात्रै १ सय ६० वटा सवारी दुर्घटना भएको जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरको तथ्याङ्क छ ।

    images

    सडक दुर्घटना बढेपछि त्यसलाई न्यूनीकरण गर्न जिल्ला ट्राफिक प्रहरी परिसर भक्तपुरले तीब्र गति नियन्त्रण अभियान थालेको प्रमुख ट्राफिक प्रहरी निरीक्षक प्रदीप खत्रीले बताए । यस सडक खण्डमा ४० किमी प्रतिघण्टा गति कायम गरिएको छ ।

    निकोसेरा चोकदेखि मनोहरा पुलसम्म २० ठाउँमा गति सम्बन्धी चेतना एवं सूचनामूलक बोर्डहरु राखिएको प्रमुख खत्रीले बताए । यसका लागि ट्राफिकलाई मध्यपुर थिमि नगरपालिकाले आर्थिक सहयोग जुटाइदिएको हो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij